Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – टोकियोको यदोगावा सिटीमा पर्ने कोइवामा नेपाली युवाहरुको समुहले स्वादिष्ट एवं टिपिकल नेपाली भोजन पस्कने उद्देश्यले करुवा कोइवा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् ।
पछिल्लो समयमा नेपालीहरुको बस्ती बाक्लो हुँदै गएको कोइवा क्षेत्रका नेपाली र स्थानीय जापानीहरुलाई टिपिकल नेपाली स्वादको खाना पस्कने लक्ष सहित गत आइतबार एक समारोहका बीच रेष्टुरेन्टको औपचारिकरुपमा उदघाटन गरिएको थियो । अर्जुन ढकाल लगायतका युवा ब्यवसायीहरुको समुहद्वारा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । स्टेज र करीब सयजना सिट क्षमतासहित राम्रो सभाहल भएको हुनाले करुवा कोइवा रेष्टुरेन्टमा बिबाह, भोज, बर्थ डे लगायतका पार्टीका लागि उपयुक्त रोजाई हुन सक्ने सञ्चालकहरुको दाबी छ ।
यो अगष्ट महिनाभरि ओपनिङ क्याम्पेन चलिरहेको र संगसंगै हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पनि नजिकिंदैं गरेकोले यस अवसरमा करुवा कोइवा रेष्टुरेन्टले आफ्ना ग्राहकहरुका लागि १० प्रतिशत विशेष छूट दिने घोषणा पनि गरेको छ । जसअनुसार रेष्टुरेन्टमा पार्टीका लागि धमाधम अग्रिम बुकिङ पनि आईरहेको करुवा कोइवा परिवारले जनाएको छ ।

करुवा कोइवा रेष्टुरेन्ट एण्ड बारको सञ्चालन संगै सामुहिक लगानीमा नेपालीहरुले नयाँ ब्यवसाय सुरुवात गर्ने सँस्कारको अभ्यासलाई युवा पुस्ताले समेत निरन्तरता दिएको पाईन्छ ।

जेआर सोबु लाइनको कोइवा स्टेशनबाट मात्र ३, ४ मिनेटको दूरीमा रहेको करुवा कोइवा रेष्टुरेन्टमा एक पटक मात्रै भए पनि भिजिट गरेर नेपाली परिकारको स्वाद लिन र आवश्यक सुझाव दिन रेष्टुरेन्ट परिवारले जापानबासी नेपालीहरुमा अपिल गरेको छ।***

तपाईको प्रतिक्रिया