Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बिहीबार) पनि बस्दैछ। एक सातादेखि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ। माओवादी केन्द्रका सचिव र मधेस ब्युरो इन्चार्ज लीलामणि पोख्रेलका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।

‘हिजोसम्ममा सबै नेताहरुले एकसरो बोलिसक्नु भएको छ,’ पोख्रेलले समुद्रपारिसंग भने, ‘बोलिसकेकाहरुले फेरि दोहोर्‍याउने स्थिति भएछ भने बेग्लै हो, नत्र आज अध्यक्षले जबाफ दिएर बैठक सक्ने भन्ने कुरा छ।’ तर, उनले यो बैठकबाट माओवादीले कुनै निर्णय भने नगर्ने बताए। ‘यो बैठक आज सकिएछ भने पनि कुनै निर्णय हुँदैन,’ पोख्रेलले भने, ‘अब बस्ने केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डा मात्रै बैठकले तय गर्न सक्छ।’

उनले आगामी केन्द्रीय समिति बैठकको मिति पनि आजै तय हुन सक्ने सम्भावना रहेको जानकारी दिए। स्थायी समिति बैठकमा नेताहरूले पार्टीको नेतृत्व, संरचना, नीति र विधिको विषयमा विभिन्न प्रश्नहरू उठाएका छन्। पार्टीका उपमहासचिव जनार्दन शर्माले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डलाई संरक्षकमा समिति गरेर पार्टी नेतृत्व तेस्रो तहलाई हस्तान्तरण गर्नुपर्ने प्रस्तावसमेत पेस गरेका छन्।

तपाईको प्रतिक्रिया