Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रिया सम्पन्न गर्न पूर्वराजाको महत्त्वपूर्ण योगदान रहेको दाबी गरेका छन्। बुधबार संसद्‌मा टीआरसी विधेयकसम्बन्धी छलफलमा भाग लिँदै लिङ्देनले शान्ति प्रक्रियामा पुर्‍याएको योगदानका लागि पूर्वराजालाई नोबेल पुरस्कारको सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरे।

‘यो शान्ति प्रक्रियालाई टुंगोको पुर्याउन राजाको योगदान छैन ? आजको दिनमा राजालाई सम्झिनुपर्ने होइन ? दलहरुले राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याएबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो ’ उनले भने । अघिल्लो सम्बोधनमा उनले भनेका थिए, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’

दलहरुले बहुमत र मौका पाउनेबित्तिकै राजालाई बिर्सिएको उनको गुनासो थियो।

तपाईको प्रतिक्रिया