Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि, कांग्रेस र एमालेको समर्थनमा शाह असार २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

संविधान अनुसार, मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले आज उहाँले विश्वासको मतको प्रक्रियामा सहभागी हुन लाग्नुभएको हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जना सदस्यहरूको समर्थन आवश्यक पर्छ।

सत्तारूढ दल कांग्रेसका १८ र एमालेका ११ सांसदहरूको समर्थनले मात्र पनि शाहलाई विश्वासको मत दिन पर्याप्त हुनेछ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई समर्थन गर्ने घोषणा गरेको छ। प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ।

तपाईको प्रतिक्रिया