Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज पनि अमेरिकी डलर सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसअघि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा थियो ।

आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा थियो । दिनार १ को खरिददर ४३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो ।

तपाईको प्रतिक्रिया