Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्लो समय सञ्चारकर्मी र सामाजिक अभियन्ताका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

खरेलले कुलमान घिसिङले दुई कार्यकालको अवधिमा विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा भ्रष्टाचार गरेको आरोप लगाउँदै मंगलबार अख्तियारमा उजुरी दिएका हुन्। खरेलले कुलमान घिसिङले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको र यसका कारण राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको दाबी गरेका छन्।

कुलमानले २०७५ र २०७६ सालमा विभिन्न ऊर्जा उत्पादक कम्पनीहरूसँग पीपीए गर्दा विद्युत् नियमन आयोगको स्वीकृतिबिना सम्झौता गरेको आरोप खरेलले लगाएका छन्, जसका कारण विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने रकम गुमाउनुपरेको उनको दाबी छ।

तपाईको प्रतिक्रिया