Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित यस भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र आपसी हितका मुद्दाहरूमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले संघीयता र लोकतन्त्रलाई मजबुत बनाउने कार्यमा सरकारको प्राथमिकता रहेको बताउँदै, युवाहरूको नीति निर्माणमा सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरूको कार्यान्वयनमा जोड दिएको उल्लेख गरे। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको र यसमा जनताका अपेक्षाहरू पूरा गर्न सकिने विश्वास पनि व्यक्त गरे।

राजदूत फेनले संक्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयहरू राजनीतिक सहमतिका आधारमा टुङ्गिन लागेकोमा खुशी व्यक्त गर्दै, नेपालका विकास, सुशासन र संघीयता सबलीकरणका क्षेत्रमा बेलायतको निरन्तर सहयोग रहने जानकारी दिए। साथै, उनले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यात गर्न थप सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

तपाईको प्रतिक्रिया