Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार ७० अङ्कले बढेको शेयर बजारमा आज झिनो अङ्कको करेक्सन देखिएको छ । साताको दोस्रो कारोबारका दिन सोमबार ७० अङ्कले बढेको नेप्से परिसूचक मङ्गलबार ८.१८ अङ्कले घटेर सामान्य करेक्सन देखिएको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१८ अङ्कले घटेर २९२३.४६ विन्दुमा कायम भएको छ ।यस दिन बजारमा ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयरको खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै ७० अङ्कले बढेको बजारमा २७ अर्ब बढीको कारोबार भएको थियो । जुन नेप्से इतिहासमा हालसम्मकै उच्च कारोबार हो ।आज कारोबारमा आएका २४३ कम्पनीहरूमा ८० कम्पनीको शेयर मूल्य बढेको छ । १५७ कम्पनीको शेयर मूल्यमा गिरावट र ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । ​

मङ्गलबारको कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।साथै उक्त समूहका लगानी कर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ८१ करोड ९९ लाख ४० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ ५ समूहबाहेक बाँकी ८ वटा समूहहरू घटेका छन् ।

 

तपाईको प्रतिक्रिया