Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रास्वपाका सांसद हरि ढकालले आफ्नो भाषण जारी राखिरहँदा सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ। आजको बैठकमा ढकाल आकस्मिक समयमा आफ्नो धारणा राखिरहेका थिए। उनले नेपाल विद्युत प्राधिकरण र सरकारबीचको विवादबारे कुरा उठाउन थालेपछि सभामुख घिमिरेले माइक काटेका थिए ।

सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि, सभामुखले रास्वपाका सभापति रवि लामिछानेलाई दुई मिनेटको समय दिए जसमा लामिछानेले ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संसदमा सांसदहरूलाई के बोल्न पाइन्छ र के पाइँदैन भन्ने कुरा स्वीकार्य नहुने बताए। उनले जनप्रतिनिधिहरूले आफ्नो धारणा राख्न पाउनुपर्ने र संसदको नियमावली अनुसार मात्र सभामुखले रोक्न सक्ने बताए। सांसदको विशेषाधिकारलाई नियन्त्रण गर्ने कुरा मान्य नहुनेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया