Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौँ – यस वर्षको ‘स्योर सट’ ब्लकबस्टर मानिएको फिल्म ‘छक्का पञ्जा ५’ दशैंको फूलपाती (असोज २४ गते)देखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनका लागि अझै डेढ महिना बाँकी रहँदा निर्माण टिमले पहिलो गीत सार्वजनिक गरेको छ । ‘बिहे भाको छैन’ बोलको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ भने दीपकराज गिरी र दीपक शर्माको शब्द तथा दीपक शर्मा स्वयंको संगीत छ ।

गीतमा फिल्मका शीर्ष अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटी चित्रित छन् । गीतले उनीहरुबीचको प्रेमलाई दर्शाउँछ । कहिले यो जोडी दुलहा-दुलही बनेर देखिएका छन् भने कहिले क्लबमा नाच्दै प्रस्तुत छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको अन्तिममा फिल्मका शीर्ष कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि देखिन्छन् । विशेषगरी गीतको अडियो पक्ष बलियो छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा निर्मल शर्मा, तेज गिरीसहित अभिनेता आचार्य सिग्देल केमियो भूमिकामा छन् । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा’को अघिल्ला चारवटै श्रृंखला सुपरहिट भएका थिए । पाँचौं श्रृंखला पनि सफल हुनेमा दुईमत छैन । तर, यो फिल्मलाई ठूलो चुनौती भनेको ‘कबड्डी ४’को खडा गरेको २२ करोडको रेकर्ड हो । धेरैपछि दीपक-दीपा समूहको फिल्म दशैंमा प्रदर्शन हुन लागेकाले ‘कबड्डी ४’को रेकर्ड तोडिन सक्ने प्रक्षेपण गरिएको छ । फूलपातीमा ‘छक्का पञ्जा ५’को भिडन्त ‘१२ गाउँ’सँग हुन सक्नेछ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया