Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्। उनले साउन ३० गते संसद बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। सभामुख भण्डारीका अनुसार बुधबार दिउँसो ३ बजेका लागि बैठक तय गरिएको छ।

संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेस र एमालेको २९ सदस्यीय समर्थनमा शाह मुख्यमन्त्री बनेका थिए, जसमा बहुमतका लागि २७ सदस्य आवश्यक पर्छ। नागरिक उन्मुक्ति पार्टीको समर्थन पनि प्राप्त भएको छ, जसका मन्त्री लक्ष्मणकिशोर चौधरी सरकारमा छन्।

मुख्यमन्त्रीको सचिवालयका अनुसार, नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले पनि शाहलाई समर्थन गर्नेछन्, जसले शाहलाई ३४ सदस्यको समर्थन पुर्याउनेछ। यो समर्थन संसदको झण्डै दुई तिहाई नजिक हुनेछ।

तपाईको प्रतिक्रिया