Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

काठमाडौं – फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि सञ्चालित ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार (अगस्ट ११) समापन भएको छ । यस ओलम्पिकमा चीनकी झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन् । उनले ६ पदक जितेकी हुन् ।

पेरिस ओलम्पिकको वेबसाइटअनुसार झाङले यी पदक पौडीमा जितेकी हुन् । उनले ५ कास्य र १ रजत पदक जितेकी छन् ।

फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन् । उनले ५ पदक जितेका छन् । लियोन पनि पौडी खेलाडी नै हुन् । उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन् ।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ काँस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जापानले कूल ४५ पदक जितेको छ, जसमध्ये २० स्वर्ण छन् । कुनै पदक नपाएका करिब ११४ देश छन् ।

तपाईको प्रतिक्रिया