काठमाडौं – हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ मा पुलिस बनेर अभिनय गर्ने कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना ‘सक्कली’ पुलिस (प्रहरी)को फन्दामा परेका छन् । टेलिश्रृंखलामा बदमासी गर्नेलाई ठिक ठाउँमा ल्याउने कलाकार आचार्य आफै पुलिसकोमा पुगेका हुन् ।
कलाकार आचार्यसहित ११ जना काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् । पक्राउ पर्नेमा प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारी । सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई पनि छन् ।
पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।