Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – पछिल्लो एक महिनामा शेयर बजारले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। आज हालसम्मकै उच्च कारोबार भएको छ। आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार सम्पन्न भयो। बजारले २८ सय बिन्दु पार गरेपछि लगानीकर्ताहरू उत्साहित बनेका छन्। आइतबार बजार ९४.५३ अंकले वृद्धि भई नेप्से परिसूचक २८६०.९१ बिन्दुमा पुगेको छ।

यसअघि, बजारमा पौने २४ अर्ब रुपैयाँको कारोबारले रेकर्ड बनाएको थियो। आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन ३३० कम्पनीको ६ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। १ अर्ब ५२ करोड रुपैयाँको कारोबारसहित हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ। बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेशले नेप्सेले पछिल्लो समयमा आकर्षक वृद्धि हासिल गरेको हो।

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि मार्जिन लेण्डिङको सीमा खारेज गरेपछि उनीहरू पनि उत्साहित भएका छन्। साथै, पछिल्लो समयको बढ्दो कारोबारमा नयाँ लगानीकर्ताहरूको पनि उल्लेखनीय सहभागिता देखिएको छ। नेप्सेमा सूचीबद्ध विभिन्न कम्पनीहरूले आफ्ना वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्।

वित्तीय स्थिति कमजोर भएका केही कम्पनीको शेयर मूल्य पनि उचालिएपछि केही सांसदहरूले यसलाई अस्वाभाविक बताउँदै चेतावनी दिएका थिए। उनीहरूले वित्तीय सूचक कमजोर भएका कम्पनीमा लगानीकर्ता जोखिममा पर्न सक्ने भन्दै सचेत गराएका छन्।

 

 

तपाईको प्रतिक्रिया