Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा यहाँ आइपुग्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो।

परराष्ट्र मन्त्रालयका अनुसार, दुवै देशका सचिवहरूबीच नेपाल–भारत सम्बन्ध, पारस्परिक हितका विषय, र आपसी सहयोगलाई अझ बलियो बनाउनका लागि विस्तृत छलफल हुने छ। भारतका विदेशसचिवले नेपालका विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम पनि छ।

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उहाँ हालै विदेशसचिवमा नियुक्त हुनुभएको हो । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

विदेशसचिव मिस्री भोलि, साउन २८ गते, स्वदेश फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया