Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ । फ्रान्सलाई अतिरिक्त समयमा ५-३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो ।

सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो । निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५-३ को जित निकालेको हो ।

पछिल्लो वर्षयता स्पेनी सिनियर पुरूष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन् । स्पेनी टोलीले फुटबल जगतमा दबदबा कायम राखेका छन् । केही महिनाअघि मात्रै स्पेनी फुटबल टिमले इङ्ल्यान्डलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । पछिल्लो महिना स्पेनी यू-१९ टोली पनि युरोपियन च्याम्पियन बन्यो ।

गत वर्षमात्रै स्पेनी महिला फुटबल टोलीले विश्वकप फुटबलको उपाधि उचालेको थियो । एकपछि अर्को सफलता पाइरहेको स्पेनी टोलीले यू-२३ तर्फ ओलम्पिकमा फुटबलको स्वर्ण पदक पनि घर भित्र्याएको छ ।

तपाईको प्रतिक्रिया