Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस :

 काठमाडौँ – ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको ज्यान गएको छ। ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो । बीबीसीका अनुसार, विमानमा ५७ यात्रु र ४ जना चालक दलका सदस्य थिए।

दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थल जाँदै गर्दा भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित भिडियो फुटेजमा विमान ठाडो रूपमा तल खसिरहेको र घुमिरहेको देखिन्छ। एटीआर ७२–५०० विमानमा सवार सबै जना घटनास्थलमै ज्यान गुमाएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया