Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो – हरितालिका तीज नजिकिँदै गर्दा तीज केन्द्रित भाकाहरू धमाधम बजारमा आउन थालेका छन् । नयाँ गीतहरूले आम मानिसको ध्यान खिचिरहेका बेला अर्को मौलिक गीत सार्वजनिक भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा व्यवसाय गर्दै आएका म्याग्दी बिम देउरालीका सुरेन्द्र सुनारले ‘बबाल माया बबाल…’ बोलको तीज गीत बजारमा ल्याएका छन् । केही समय पहिले जापानबाट नेपाल गएका बेला गीत तयार पारेर फर्किएका सुनारले आफ्नै स्वर र संगीतिमा नयाँ गीत दर्शक/श्रोता माझ ल्याएका हुन् ।

गीतमा पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियारसहित जापानमै रहेकी गायिका सोनु खनालको पनि आवाज रहेको छ भने शब्द कुशल विश्वकर्माले लेखेका हुन् । सुरेन्द्र सुनार युट्युबमार्फत सार्वजनिक भएको गीतले माया प्रेमको कथा बोलेको छ । चर्चित नायिका केकी अधिकारी र सुनिल क्षेत्रीको शीर्ष भूमिका रहेको म्युजिक भिडियोको निर्देशन क्षेत्रीले गरेका हुन् ।

रोचक कुरा के छ भने ‘बुझिन मैले’ मा केकीलाई दर्शकको काँडा उमार्ने शैलीको नृत्य गराउने कोरियाग्राफर सुनिल क्षेत्रीले नै ‘बबाल माया बबाल’मा केकीलाई बबाल शैलीमा नचाएका छन् । केकीसँगै यो गीतको भिडियोमा सुनिलले पनि कम्मर मर्काएका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

सुनारले आफ्ना पुराना सिर्जनालाई जस्तै नयाँ सिर्जनालाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया