Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

टोकियो – टोकियोमा आउने आइतबार बहुप्रतिक्षित नेपाली चलचित्र ‘घरज्वाँई’ प्रदर्शन हुने भएको छ ।

पछिल्लो समयमा अत्यधिक रुचाईएको र गजबले जमेको कलाकार जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको चलचित्र ‘घरज्वाँई’ मा खासगरी मगर समुदायको कला, सँस्कृति, रितिरिवाज र जीवनशैलीलाई उजागर गर्न खोजिएको बताईएको छ । जनक घर्तिमगर निर्माता रहेको चलचित्र मगर जातिको अत्यधिक बाहुल्य रहेको मध्यपश्चिमको पहाडी जिल्ला रुकुम, रोल्पामा छायाङ्कन गरिएको बताईएको छ ।

चलचित्र ‘घरज्वाँई’ को नेपाल मगर संघ जापानले टोकियोमा प्रदर्शन गर्न लागेको हो । चलचित्रको प्रदर्शन टोकियो दोम नजिकैको रहेको बुन्क्यो सिभिक सेन्टरको हलमा साँझ ६ बजेबाट हुने बताईएको छ । उक्त चलचित्रको टिकट दर प्रतिब्यक्ति ३ हजार येन रहेको छ भने जोडीका लागि ५ हजार येन रहेको छ ।

नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरका अनुसार चलचित्र प्रदर्शनकै लागि उक्त चलचित्रकी नायिका मिरुना मगर पनि जापान आउने भएकीछिन् । पछिल्लो समयकी लोकप्रिय नायिका मिरुनासंगै बसेर चलचित्र हेर्न सकिने भएकोले जापानबासी चलचित्रप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उत्साहजनक साथ, सहयोग र सहभागिता रहने अपेक्षा गरिएको महासचिव ठाडा मगरले समुद्रपारिलाई बताए ।

आईतबार प्रदर्शन हुन गईरहेको चलचित्रको ‘घरज्वाँई’ को यतिखेर जापानभरि चर्चा चुलिएको छ भने टोकियो त घरज्वाँईमय नै भएको छ । उक्त चलचित्र हेर्न आतुर चलचित्रप्रेमी नेपालीहरु नायिका मिरुना पनि आउने खबरले थप उत्साहित भएका छन् । नेपाली सिनेजगतको पछिल्लो दशकमा दयाहाङ राई र मिरुना निकै रुचाईएका जोडी हुन्, जीवन्त अभिनयशैलीका कारण उनीहरुको क्रेज बढ्दो छ । पहिलोचोटी जापान आउन लागेकी मिरुनाको उपस्थितिसंगै हुने ‘घरज्वाँई’ चलचित्रको प्रदर्शनीको दिन नजिकिदै गर्दा टोकियोमा रौनकता थप बढेको छ । ***

तपाईको प्रतिक्रिया