Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – पेरिस ओलम्पिकमा सय भन्दा बढी पदकसहित अमेरिका शीर्ष स्थानमा कायम रहेको छ । चीनसँग प्रतिस्पर्धा गरिरहेको अमेरिकाले बिहीबार रातीसम्ममा ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित कुल १०३ पदक जितेको हो ।

दोस्रो स्थानको चीनले भने ७३ पदक पाएको छ। स्वर्ण पदक भने अमेरिकाभन्दा एक पदक मात्र कम जितेको चीन चर्को प्रतिस्पर्धामा देखिन्छ । चीनले २९ स्वर्ण पदक जितेको हो । चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित ७३ पदक पाएको हो ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्यसहित ४५ पदक जितेको छ भने फ्रान्सले १४ स्वर्ण १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ । युके, दक्षिण कोरिया र जापानले समान १३–१३ स्वर्ण जितेका छन् । युकेले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक पाएको छ । दक्षिण कोरियाले १३ स्वर्ण, ८ रजत र ७ कास्यसहित २८ पदक पाउँदा जापानले १३ स्वर्ण ७ रजत र १३ कास्य गरेर ३३ पदक पाएको छ। नेदरल्यान्ड्स ११ स्वर्ण पदक पाउँदा इटालीले १० स्वर्ण पाएको छ ।

ओलम्पिकमा सहभागी दुई सय भन्दा बढी देशका खेलाडीहरू विभिन्न ३२ वटा विधाका खेलमा कुल ३२९ वटा पदकका लागि प्रतिस्पर्धा गरिराखेका छन् । अहिलेसम्म ८० देशले मात्र पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया