Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागपञ्चमी पर्व आज परम्परागत रुपमा घरका मूलढोकामा नागको तस्वीर टाँसी, पूजाआजा गरी मनाइँदैछ। धार्मिक मान्यताअनुसार, यसले घरलाई सर्प, बिच्छी र प्राकृतिक विपद्बाट बचाउँछ। वैदिक कालदेखि नाग पूजाको परम्परा छ, नागलाई सर्पको राजा मानिन्छ र पानीको अभावबाट बच्न नागलाई खुशी पार्न पूजा गरिन्छ।

आजको दिन विशेष पूजा गरिन्छ र घरघरमा नागको तस्वीर टाँसिन्छ। नागलाई विष्णु र शिवका रुपमा मान्ने परम्परा पनि छ। विभिन्न पुराणमा नागसँग सम्बन्धित प्रसंगहरू उल्लेख छन्। नागपञ्चमीको दिन खेतबारीमा काम नगर्ने र सर्प आदिलाई नमार्ने प्रचलन छ। वातावरणीय सन्तुलन कायम गर्न नागको पूजा गरिन्छ भन्ने विश्वास छ।

तपाईको प्रतिक्रिया