Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा आठजनाको मृत्यु भएको छ । जिल्लाको बाडिगाड गाउँपालिका-९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय १५ वर्षीया विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो ।

बडिगाड गाउँपालिकाकै वडा नं. १० को आरुपाटा भन्ने स्थानमा जोगलाल बुढाको घरमाथिबाट आएको पहिरोमा परी ६ जनाको मृत्यु भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । पहिरोमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् ।

पहिरोमा परी मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा र मधु बुढा, ६ महिनाकी सन्जु विक, १२ वर्षीय मनोज बुढा, १२ वर्षकै अमन बुढा र ५९ वर्षकी मैतीदेवी बिक रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । पहिरोमा परी चारजना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।

घाइते हुनेमा स्थानीय ४६ वर्षीया संगिता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सिता थापा र ४२ वर्षीय मंगलसिंह बुढा रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा केही समय अगाडी मात्र प्रहरी र जनप्रतिनिधि पुगेको बताइएको छ ।

घाईतेको नेपाली सेनाको हेलिप्टरबाट उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिइन् । वर्षाका कारण घटनास्थल पुग्ने सडकहरु अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया