Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणाधीन द्रुतमार्गको घट्टेपाँखा-धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे ।

मकवानपुरको बकैया गाउँपालिका-१२ धेद्रेस्थित काठमाडौँ-निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ सोमबार ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री ओलीले भने, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । अब विकासको नमुनाका रूपमा यो द्रुतमार्ग बन्नेछ । यस मार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’

उनले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि द्रुतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे । डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पुर्‍याउने काम अघि बढिरहेको बताउँदै उनले द्रुतमार्गलगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताए ।

द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिए । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत सहभागी थिए ।

तपाईको प्रतिक्रिया