Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपालमै पहिलोपटक काभ्रेको बनेपामा उड्डयन व्यवस्थापन (एभिएसन म्यानेजमेन्ट) विषयमा पढाइ हुने भएको छ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा यहाँ स्नातक तहमा पढाइ हुने भएको हो ।

भेञ्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चार वर्षे तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ । ‘चार वर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यो विषयमा अध्ययन गर्न विदेशिनुपर्ने बाध्यता हट्नेछ’, उनले भने ।

चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने जनाइएको छ । ‘यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व्यवहारिक प्रशिक्षण प्रदान हुनेछ’, थापाले भने ।

उनका अनुसार विद्यार्थीले जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ ।

केयूका उपकुलपति डा‍. भोला थापाले आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण शुरु गर्न लागेको जानकारी दिए । ‘नेपालमा यो पहिलो प्रयास हो, हामी नेपालमा यो विषयमा दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वस्त छौँ’, उनले भने । याे वर्ष ३३ विद्यार्थी भर्ना गर्ने केयूले बताएको छ ।

तपाईको प्रतिक्रिया