Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह-निर्माता हरि श्रेष्ठले बताए । उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए । जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए । निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले चलचित्रको ’थ्रिलिङ पार्ट’लाई रुचाएका छन् ।

शुक्रबार र शनिबार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले मोदीबेनीको सेकेन्ड हाफलाई बढी रुचाएको पाइएको बताए । ‘चलचित्रको ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु । पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ । सोही कुरा दर्शकलाई चित्त बुझेको छ,’ कोइरालाले भने ।

उनले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए । चलचित्र रिलिजपछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौँका विभिन्न हल पुगेका थिए । चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया