टोकियो – जापानमा उच्च शिक्षा अध्ययन गर्न युनिभर्सिटीको खोजीमा हुनेहरुका लागि टोकियो सिटी विश्वविद्यालयले ओपन क्याम्पस कार्यक्रम गर्ने भएको छ ।
उक्त विश्वविद्यालयको योकोहामा क्याम्पसमा हुने सो कार्यक्रममा सहभागी भई लाभान्वित हुन सम्बन्धित सबैलाई अपिल गरिएको छ । ओपन क्याम्पस कार्यक्रम यहि अगष्ट ४ आईतबार र ५ तारिख सोमबार रहेको छ ।
जापानमै उच्च शिक्षा अध्ययन गर्ने मानसिकता बनाईरहेका नेपालीहरुले सम्पर्क गरी जानकारी लिन सकिने बताईएको छ । उक्त विश्वविद्यालयमा वातावरण विज्ञान शाष्त्र, वातावरण ब्यवस्थापन शाष्त्र, समाज शाष्त्र, सूचना प्रविधि शाष्त्र, सहरी बिकास अध्ययन शाष्त्र लगायतका बिषयमा माष्टर डिग्री तथा पिएचडी तहमा अध्यापन हुने बताईएको छ ।ईच्छुक विद्यार्थीहरुका लागि उक्त विश्वविद्यालयले ओपन क्याम्पस कार्यक्रमको आयोजना गरेको उक्त विश्वविद्यालयका प्राध्यापक डा. होमबहादुर रिजालले समुद्रपारिलाई जानकारी गराए । प्रा. डा. रिजालकाअनुसार उक्त ओपन क्याम्पस कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया, प्रवेश परीक्षा र यसको तैयारी, प्राध्यापकहरुको अवस्था, अध्ययन अध्यापनका समग्र पाटो, प्रयोगशालको अवस्था, लाग्ने खर्च, छात्रवृत्तिको ब्यवस्था, विद्यार्थीका गतिबिधि, अध्ययन पूरा गरिसकेपछिका रोजगारीका अवसर लगायतका बिषयमा बिस्तृतमा जानकारी गराईन्छ ।
आगामी शैक्षिक सत्र २०२५ अप्रिलदेखि माथि उल्लिखित बिषयगत तहमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि उक्त विश्वविद्यालयले ओपन क्याम्पस कार्यक्रम राखेको हो । अंग्रेजी वा जापानी भाषा माध्यमबाट अध्ययन गर्न सकिने उक्त विश्वविद्यालयद्वारा आयोजित ओपन क्याम्पस कार्यक्रममा सहभागी भई बिस्तृत जानकारी लिन प्रा. डा. रिजालले अपिल गरेका छन् ।
हरेक वर्षको गृष्मकालिन लामो बिदा सुरु हुनु अगाडि जापानका प्रायः विश्वविद्यालयहरुले आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सम्बन्धि बिस्तृत जानकारी गराउने उद्देश्यले यसप्रकारका ओपन क्याम्पस कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् ।
टोकियो सिटी विश्वविद्यालयको ओपन क्याम्पस कार्यक्रम र छात्रवृत्ति कार्यक्रम सम्बन्धि जानकारी:
* Address of Yokohama Campus: 3-3-1 Ushikubo-nishi, Tsuzuki-ku, Yokohama, 224-8551 (〒224-8551 横浜市都筑区牛久保西3-3-1)
* Open campus: 4th & 5th August
https://www.tcu.ac.jp/academics/graduate/environment/
* Start date: April 2025
* Application deadline: 10th~16th January 2025.
* Language: English or Japanese
*The tuition fee will be 30% reduction for foreign student.
* If you have more than 2 years working experience in the related field, the tuition fee will be 50% reduction for masters student & 90% reduction for PhD student.
* If you are graduated from the partner universities (e.g. IOE & affiliated colleges), the tuition fee is 50% (GPA 2.5~3.0) and 75% (GPA above 3.0) reduction.
* After entry, you can apply private & government scholarships and you may get it.
* After entry, you can apply research assistant (full salary) in PhD course and you may get it.