Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै जानेगरी पार्टी संगठन निर्माण गर्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले गरेका राम्रा काम जनताकहाँ लिएर जाने निष्कर्ष निकालेको हो ,

प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा एक्लै जाने निष्कर्ष निकालिएको सुनाए । ‘भ्रष्टाचारविरोधी अभियान अगाडि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचन एक्लै लड्ने तयारी गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘यो जनतामा जाने सुवर्ण अवसर हो । वर्गसँगको कडी टुटेको जस्तो भएको छ । जनतामा जाने निर्णय गरेका छौँ ,’

उनले चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्त जनतासम्म लैजाने मौका नमिलेको स्वीकारे । ‘चुनावमा गठबन्धन गर्दा कहीं न कहीं गठबन्धनभित्रको अरु पार्टीको पनि सन्तुुलन मिलाउनुपर्ने हुनाले हाम्रो विचार सिद्धान्त लाने मौका मिलेको थिएन । त्यसैले जनतामा जाने अवसरको रुपमा लिएका छौं । वर्गसँगको सम्बन्ध फर्काउने, जनतासँगको सम्बन्ध नजोडिएको जस्तो भएको समीक्षा भएको छ,’ उनले भने ।

प्रवक्ता सापकोटाले समाजवादी मोर्चा हुँदै अग्रगामी शक्तिहरुको एकता हुने जिकिर गरे । उनले थपे, ‘कम्युनिष्ट पार्टीको पुनर्गठनको लागि निरन्तर प्रयास गरिराख्नुपर्छ । समाजवादी मोर्चालाई विस्तार गर्दै बृहत वामपन्थी एकतासम्म पुग्छौं, कम्युनिष्ट पार्टीबीच एकता पनि हुन्छ ।’

तपाईको प्रतिक्रिया