Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबारको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। मतविभाजनका क्रममा मुख्यमन्त्री लामाले ६४ मत प्राप्त गरेका छन् भने विपक्षमा ३५ मत परेको छ।

त्यस्तै, ३ जना सांसद तटस्थ बसे। बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गरे।

कांग्रेस संसदीय दलका नेता लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

 

 

तपाईको प्रतिक्रिया