Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

पर्याप्त र आरामदायी निन्द्रा मानव स्वास्थ्यका लागी आवश्यक कुरा हो । यदि हामी पर्याप्त सुतेनौ,रातमा राम्रो निन्द्रा परेन भने शारीरिक तथा मानसिक समस्या निम्तन सक्छ ।

यसकारण चिकित्सकहरूले प्रायः मानिसलाई स्वस्थ रहन पर्याप्त निद्रा लिने र समयमा सुत्ने सल्लाह दिइन्छ । चिकित्सकको सल्लाह अनुसार शरीर स्वस्थ राख्न र हर्मोन सन्तुलित बनाइराख्न समयमा सुत्नुपर्ने हुन्छ । रातमा सुत्ने एकदमै राम्रो समय १० देखि ११ को बीचमा मानिन्छ ।

यस्ता छन् रातमा राम्रो निन्द्रा निदाउने केही टिप्सहरू

  • रातमा राम्रो निद्राका लागि सुत्नुअघि लाइट बन्द गर्ने वा एकदमै मधुरो लाइट बाल्ने गर्नुहोस् । यसले छिटो निद्रा आउन र राम्रो निद्रा लाग्न सहयोग मिल्छ ।
  • रातमा सुत्नुअघि कसरत नगर्नुहोस् । तपाईँ राम्रो निद्रालाई बढवा दिन चाहनुहुन्छ भने रातमा सुमधुर सङ्गीत सुन्न सक्नुहुन्छ वा किताब पढ्ने बानी बसाल्न सक्नुहुन्छ ।
  • राम्रो निद्राका लागि रातमा सुत्नु भन्दा एक घण्टा पहिलादेखि नै फोन, टेलिभिजन तथा ल्यापटप जस्ता चीजबाट दुरी कायम गर्नुपर्छ । राती ढिलासम्म यस्ता डिभाइसको प्रयोग गरिरहँदा निद्राको गुणस्तर बिग्रन्छ ।
  • राम्रो निद्रालाई बढवा दिन पहिले त तपाईँले आफ्नो सुत्ने समय तय गर्नुहोस् । यसले निद्राको गुणस्तरमा सुधार ल्याउँछ र समयमा सुत्नाले हर्मोनहरु पनि सन्तुलित हुन्छन् ।
  • राम्रो निद्राका लागि आफ्नो वरिपरिको सरसफाइमा पनि ध्यान दिनुपर्छ । सफा वातावरणमा राम्रो निद्रा आउँछ ।
तपाईको प्रतिक्रिया