Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सांसद गोकुल बास्कोटाले नेपाली कांग्रेस र आफ्नो पार्टी मिलेर नयाँ सरकार बनाएपछि साना दलमा ‘च्याँखे दाउको राजनीति’ सकिने चिन्ता बढेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले ०८४ सालमा बहुमत ल्याएर सरकार बनाउने तयारीमा एमाले लागेको उल्लेख गरे । उनले दुईपटक सत्तामा गएको दल कसरी नयाँ हुन्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष समेत गरेका छन् । ‘थोरै सिटको च्याँखे दाउको राजनीति सकियो, अब खाल उठ्ने भयो, टाट उल्टिने भयो भन्ने पीडा नराख्नुहोस्, ८४ आउँदैछ । कत्रो हैरानी ! ८४ मा तरक्की गर्नु न, लोकतन्त्र यही हो’ उनले भने ।

उनले दिनहुँ कचकच र आरोप–प्रत्यारोप कहिलेसम्म गर्ने ? भन्दै थप प्रश्न गरे । हिजोको पीडा बोकेर नहिँड्न भन्दै उनले आफ्नो सामर्थ्यानुसार राजनीति गर्न आग्रह गरे । उनले संविधान संशोधनले के फरक पार्छ ? भन्ने प्रश्न पनि गरेका छन् । त्यसले समावेशी व्यवस्था सिध्याउँछ भन्ने भाष्य गलत भएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया