Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुईजना नेपालीले सफाइ पाएका छन् ।

सफाइ पाउनेमा ओखलढुङ्गाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा रहेका छन् । उनीहरुले गएको बुधबार युएईको अदालतबाट सफाइ पाएका हुन् ।

पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार युएईको जेलबाट रिहा भएका हुन् ।

श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण युएईमै छन् ।

तपाईको प्रतिक्रिया