Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सरकारले भारतमा पाँच महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरहरूको उद्धार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ नेपालीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जानकारी गराएको छ ।

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय रहेको उनले जानकारी गराएका छन् ।

‘मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !’

तपाईको प्रतिक्रिया