Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनाको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सुरक्षित रूपमा उद्धार गरेका ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

प्रहरी प्रधान कार्यालयले जोखिमपूर्ण अवस्थाबाट पाइलट मनीषरत्न शाक्यलाई सुरक्षित रूपमा उद्धार गर्न सफल प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारसहित सम्मानित गरेको कुरा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी गराए। प्रवक्ता कार्कीका अनुसार, पुरस्कृत प्रहरी कर्मचारीहरूमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम, र कृष्ण जोशी रहेका छन्।

साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने बित्तिकै खसेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरूमा सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरूको आफन्त रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया