Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडाैं – ललितपुरको बखुन्डोलका श्याम बिन्दुकारले आफ्नो सम्पूर्ण जीवन हवाइजहाजको मर्मतसम्भारमा बिताएका थिए । उमेरले ८१ वर्ष कटेका बिन्दुकारले डेढ वर्षअघि अवकाश लिइसकेका थिए ।

अब काम नगर्ने अठोट लिइसकेका उनले सौर्य एयरलाइन्सको आग्रहलाई भने नकार्न सकेनन् । सोही आग्रहलाई स्विकार्दै बुधबार पोखरा जान लागेको प्राविधिकको टोलीसँगै उनी पनि विमानमा चढेका थिए । सौर्य एयरलाइन्सले उनको विज्ञता र अनुभव उपयोगी हुने भन्दै उनलाई पोखरा लैजान लागेको थियो ।

तर, उमेरको उत्तरार्धमा पुगेका उनले पोखरामा पाइला टेक्न पाएनन् । विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा उनी पनि अस्ताए । उक्त विमानमा चढेका धेरैजसाे यात्रु सौर्य एयरलाइन्सका प्राविधिक र कर्मचारी थिए । बुवाको निधनसँगै ७९ वर्षीया आफ्नी आमालाई सम्हाल्न निकै गाह्रो भएको छोरा रमेशले बताएका छन् ।

अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा श्याम बिन्दुकारको शव परीक्षणका लागि राखिएको छ ।

तपाईको प्रतिक्रिया