Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – ललितपुरको ग्वार्कोस्थित गेष्ट हाउसमा बास बसेकी एक युवतीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एक युवकसँग राती ११ बजे आएकी युवतीको बिहान मृत्यु भएको हो ।

ललितपुरकै डुकुछाप घर भएर हाल सातदोबाटोमा बस्दै आएका एक युवकले राति साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् । युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले बि एण्ड बि अस्पतालमा लगेकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकले पनि सास फेर्न कठिनाइ भएको भनी जनाएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया