Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं मेडिकल कलेज (केएमसी)ले सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँचिएको जानकारी दिएको छ। बिहीबार जारी गरिएको विज्ञप्तिमा केएमसीले यो विवरण उल्लेख गरेको हो।

बुधबार काठमाडौंबाट पोखराका लागि उडेको केही मिनेटमै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने क्याप्टेन मनीषरत्न शाक्य घाइते भएका छन्।

‘दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको सबैमा जानकारी गराउँदछौ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको तीन वटा करङ भाँचिएका छन्’, केएमसीको विज्ञप्तिमा उल्लेख छ।

उनको अनुहार, नाक र आँखाका चोटहरूको उपचार बुधबार नै सम्पन्न भएको समेत केएमसीले जनाएको छ।

विज्ञप्ति :

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया