Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधवार भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बाँच्न सफल भएका क्याप्टेन मनिष शाक्यले अस्पतालको शैयाबाट आफ्नो अनुभव साझा गरेका छन्। सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत क्याप्टेन शाक्यले उपचारमा संलग्न डाक्टरहरूसँग कुरा गर्दै जहाज एक सय फिटमाथि पुगेपछि नियन्त्रण गुमाएको बताए।

क्याप्टेन शाक्यले जहाज एक सय फिट उचाइमा पुगेपछि कन्ट्रोल गर्न नसकिएको र तल खस्न थालेको अनुभव सुनाए। ‘एक सय फिटमाथि पुगेपछि जहाजलाई माथि लैजान सकिनँ, तल खस्न थाल्यो,’ शाक्यले भनेका छन्। ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो। सानो प्वालबाट आफैँ बाहिर निस्किएँ। त्यहाँबाट निस्कन लाग्दा कसैले मलाई तानेको याद छ।’

अस्पतालले उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको स्पष्ट पारेको छ। क्याप्टेन शाक्यको टाउको, खुट्टा र मेरूदण्डको हड्डीमा चोट लागेको छ। उनले आफन्त तथा भेट्न आउनेहरूसँग सामान्य रूपमा कुरा गरिरहेका छन्। बुधवार भएको उक्त विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो, जसमा पाइलट शाक्य मात्र बाँच्न सफल भएका छन्।

 

 

तपाईको प्रतिक्रिया