Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार बसेको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिस्कार गरेका छन्।

समितिका सभापति राजकिशोर यादवसँग चर्काचर्की परेपछि किराती बैठकबाट बाहिरिएका हुन्। आजको बैठकमा छलफलका लागि ईयु सेफ्टी लिस्ट, नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको प्रगति, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसलको सम्झौतासम्बन्धी एजेन्डा थियो।

तर, सभापति यादवले समय कम भएकाले सांसद किरातीलाई विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गर्दा भनाभनको स्थिति सिर्जना भयो। एजेन्डा राखेपछि पनि बोल्न नपाउने भन्दै किरातीले बैठक बहिस्कार गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया