Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभर ७३ जिल्लामा १,८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका डा. गोकर्ण दाहालले यो जानकारी दिएका हुन्। कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला जिल्लामा भने डेंगु पुष्टि भएको छैन।

डा. दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताउनुभयो । त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ

सबैभन्दा बढी सङ्क्रमण बागमती (५९३) र कोशी प्रदेश (४६१) मा देखिएको छ। गण्डकीमा २९४, लुम्बिनीमा २०१, सुदूरपश्चिममा २१०, मधेशमा ४३ र कर्णालीमा २३ जनामा डेंगु पुष्टि भएको छ। डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र पूरै शरीर ढाक्ने लुगा लगाउन, धूप बाल्न, मलम लगाउन, र पानी जम्ने ठाउँहरु सफा गर्नुपर्ने सुझाव डा. दाहालले दिएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया