Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस :

 काठमाडौँ – हिमाली जिल्ला म्याग्दीमा आउने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुँदैछ। आर्थिक वर्ष २०८०/०८१ मा ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए भने आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ३ सय २८ जना पर्यटकले भ्रमण गरेका थिए।

कोभिड-१९ महामारीपछि म्याग्दीमा विदेशी पर्यटकहरूको सङ्ख्या सबैभन्दा धेरै भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। गएको वर्ष सबैभन्दा धेरै चैत महिनामा ५ हजार ८ सय ४९ जना र सबैभन्दा कम असार महिनामा ३ सय ८८ जना विदेशी पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए।

पर्यटकहरू प्राय: सडकमार्ग हुँदै म्याग्दी पुग्छन्। पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र मुस्ताङ हुँदै पर्यटकहरू म्याग्दी आउँछन्। कतिपय पर्यटकहरू ट्रेकिङ एजेन्सीमार्फत सिधै हवाई मार्ग हुँदै पनि म्याग्दी भ्रमणमा आउँछन्। हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट पनि पर्यटकहरू म्याग्दी प्रवेश गर्छन्।

म्याग्दीमा पर्यटकहरू घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि बेसक्याम्प र धौलागिरि तथा अन्नपूर्ण हिमालको आरोहण गर्न आउँछन्।

तपाईको प्रतिक्रिया