Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – मोरङको बिराटनगरस्थित एक होटलमा म्यानपावर व्यवसायी मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका-६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् ।

होटेलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ । अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ ।

उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए । बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन् ।

एक जना डेनमार्क पठाए बापत उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनु भन्दा अगाडि एक जनाबाट डेढ लाख लिएका थिए । बाँकी रकम विदेश पुगेपछि दिने भनिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया