Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – सौर्यसँग जेट इन्जिन बम्बार्डियर सिआरजे-२०० सिरिजका तीन जहाज थिए । एउटा लामो समयदेखि ग्राउन्डेड छ, जसका कतिपय पार्टपुर्जा झिकेर अन्य जहाजको मर्मतमा प्रयोग गरिएको छ । नियमित उडानमा रहेको एउटा जहाज बुधबारको दुर्घटनामा ध्वस्त भयो । अब नियमित उडानका लागि एउटा मात्र जहाज छ ।

कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार तीनवटा एटिआर जहाज ल्याउने योजना छ । यसका लागि पर्यटन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ । दुर्घटनासँगै सौर्यले आफ्ना नियमित उडान अनिश्चितकालका लागि रद्द गरेको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस एयरलाइन्सका सम्पूर्ण उडानहरू अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि रद्द गरिएको छ ।’

सौर्यले दैनिक विराटनगर तीन र भद्रपुरमा तीन उडान गर्दै आएको थियो । यी उडान नियमित गर्न कम्तीमा दुई जहाज आवश्यक पर्छ । त्यस्तै, दुर्घटनामा जहाजसँगै उच्च व्यवस्थापक, पाइलट र ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी गुमाएकाले जनशक्तिको अभाव खड्किने देखिन्छ ।

तपाईको प्रतिक्रिया