Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताए ।

उनले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

घाइते पाइलटको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ।’

तपाईको प्रतिक्रिया