Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सौर्य एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी विषयमा छलफल गर्न बुधवार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंले दिएका छन्।

‘जहाज दुर्घटनापछि उत्पन्न अवस्थाको समीक्षा गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,’ बजगाईंले भने, ‘बैठक ५ बजे सिंहदरबारमा बस्नेछ।’ बुधवार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

उडान गरेलगत्तै जहाज दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनापछि प्रधानमन्त्री ओली घटनास्थलमा पुगेका थिए। दुर्घटनाको छानबिन र सम्बद्ध विषयमा छलफल गर्न प्रधानमन्त्रीले यो बैठकको आह्वान गरेका हुन्।

तपाईको प्रतिक्रिया