Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
तस्बिर : नेपाल प्रहरी

काठमाडौं – दुर्घटनामा परेका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । पाइलट शाक्यको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

उनको सिटिस्क्यान लगायतका टेस्टहरू भइहरेको केएमसी अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘उहाँको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ,’ उनले भने, ‘हामीले उहाँको सिटिस्क्यान लगायतका टेस्टहरू गरिसकेका छौं । र अहिले उहाँ हाम्रा अस्पतालका चिकित्सकहरूका अनुसार खतरामुक्त हुनुहुन्छ ।’

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज आज बिहान दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया