Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।

मुख्यमन्त्री आचार्यसँगै एमालेका ४ र कांग्रेसका ४ सांसदले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकैसाथ शपथ गराउने गरी मुख्मन्त्री आचार्यकै अनुरोधमा शपथ ग्रहण गरिएको हो ।

मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको छ । एमाले र कांग्रेसबीच ५-५ मन्त्रालय लिने सहमति छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा २ मन्त्रालय साना दलका लागि राखिएको छ ।

यसैबीच बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मी पनि क्याबिनेटमा पुगेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट मन्त्री भएका हुन् । कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका एक हुन् ।

उनी प्रदेशसभाको उम्मेदवार बन्ने बेलामा पनि विरोध भएको थियो । तर, कांग्रेस–माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नं. ३ (२)बाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया