Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार सपथ लिएका छन्। सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ ग्रहण गरेका हुन्। आचार्य एमाले संसदीय दलका उपनेता हुन्।

मुख्यमन्त्री आचार्यको सपथ समारोहमा एमाले संसदीय दलका नेता लिला गिरी उपस्थित भएनन्। गिरीलाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको समर्थनमा मुख्यमन्त्री बनाइएपछि गिरी असन्तुष्ट भएका छन्। गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएकाले सपथ ग्रहण कार्यक्रममा सहभागी हुन नसकेको दाबी गरे।

एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थनमा चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए। यसबाहेक लोसपा, नाउपा, जनमत, जसपा, र जसपा नेपालले पनि सरकारलाई समर्थन जनाएका छन्।

यो पनि पढ्नुहोस् : लुम्बिनीमा को-को बने मन्त्री ? (नामसहित)

 

 

तपाईको प्रतिक्रिया