Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता देखाउँदै विद्युत आपूर्ति रोकिएका ६ वटा उद्योगमा लाइन पुन: जोडिदिने निर्णय गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३ महिनाभित्र महसुल बुझाउने शर्तमा यो निर्णय गरेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगले उद्योगहरूमा लाइन जोडिदिन निर्देशन दिएका थिए। गत असार २५ मा रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायत ६ उद्योगको लाइन काटिएको थियो।

सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यले यो निर्णयमा असहमति जनाएका छन्। पुनले कानूनअनुसार विद्युत महसुल उठाउनुपर्नेमा असहमति जनाएका छन्। प्राधिकरणका अर्का सञ्चालक रतन अयरले निर्णय हिजै भए पनि माइन्युट आज बनेको बताए। निर्णयमा तीन महिनाभित्र उद्योगीहरूले बक्यौता भुक्तानी नगरेमा नियमानुसार पुनः कारबाही गरिने उल्लेख छ।

तपाईको प्रतिक्रिया