समाचार सुन्नुहोस :
काठमाडौँ – आर्थिक वर्ष २०८०–८१ मा १ लाख १२ हजार २५६ जनाले वैदेशिक अध्ययनको अनुमति लिएका छन्। सबैभन्दा बढी जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति प्राप्त गरेका छन्। नेपाली विद्यार्थीहरूको दोस्रो रोजाइ क्यानडा रहेको छ, जहाँ अध्ययनका लागि १५ हजार ९८२ जनाले अनुमति लिएका छन्।
यसैगरी, अस्ट्रेलियाका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१, र दक्षिण कोरियाका लागि ६ हजार ८८९ जनाले अनुमति लिएका छन्।
यूएई, चीन, माल्टा, मलेसिया लगायत विभिन्न ६६ मुलुकमा अध्ययनका लागि पनि नेपाली विद्यार्थीहरूले अनुमति लिएका छन्।