Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अभिनेता हरिवंश आचार्यले आफू सामान्य अवस्थामा रहेको बताएका छन्। विराटनगरको एक कार्यक्रममा सहभागी हुँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिराट नर्सिङ होममा भर्ना गरिएको थियो। नाकबाट अचानक रगत बग्न थालेपछि अस्पताल भर्ना गरिएको थियो। उनले उपचारपछि नाकभित्रको सानो नसा फुटेको पत्ता लागेको जानकारी दिएका छन्।

फेसबुकमा पोस्ट गर्दै उनले आफ्नो नाकभित्रको नसा टाल्ने काम भइरहेको र आफू अहिले सामान्य अवस्थामा रहेको उल्लेख गरेका छन्। ‘अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु,’ उनले लेखेका छन्। साथै, उनले आफ्नो स्वास्थ्यप्रति सद्भाव देखाउने सबैप्रति आभार व्यक्त गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया